Logo

आर्थिक क्रियाकलाप सञ्चालन गर्नेबारे उच्चस्तरीय समितिमा छलफल



काठमाडौं, २४ जेठ । सरकारले विस्तारै आर्थिक क्रियाकलाप सञ्चालन गर्न दिने भएको छ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल सुरु गरेको छ।

लकडाउन खुकुलो बनाउनेबारे यसअघि नै समितिले उद्योगी तथा व्यवसायीहरुसँग चरणवद्ध रुपमा छलफल गरिसकेको छ । उद्योगमन्त्री लेखराज भट्टले पनि लकडाउन सुचारु गर्नेबारे सरकार अघि बढिरहेको पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् । उनले उद्योग, व्यवसाय खुलाउन दिनेगरि मन्त्रालयको तर्फबाट मन्त्रिपरिषदमा प्रस्तावसमेत लगिसकेका छन् ।

उच्चस्तरीय समन्वय समितिको बैठक आज शनिबारपनि बसेको थिया । बैठकमा सहभागी एक मन्त्रीकाअनुसार समितिको अर्को बैठकबाट आर्थिक क्रियाकलाप अर्थात उद्योग, धन्दा, कलकारखाना सञ्चालन गर्न दिनेबारे ठोस निर्णय लिईनेछ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot