Logo

गोरखामा पहिलो चोटि कोरोना संक्रमण पुष्टि



गोरखा, जेठ २५ । गण्डकी प्रदेश अन्र्तगतको गोरखामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । शनिबार गोरखाका १० जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै अव गण्डकी प्रदेशका मुस्ताङ र मनाङ जिल्लामा मात्र संक्रमण पुष्टि हुन बाँकि रहेको स्वास्थ्य निर्देशनालाय रामघाट पोखराले जनाएको छ ।

संक्रमितहरु गण्डकी गाउँपालिका ९ जना र पालुङटार नगरपालिका एक जना रहेको जनाइएको छ । संक्रमितमध्ये नौ जना हाल क्वारेन्टाइनमा रहेको समेत जनाइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयमको हिरासतमा रहेका एक जनामा समेत कोरोना पुष्टि भएको हो । संक्रतिमहरु हालै भारत तथ काभ्रेबाट जिल्ला फर्किएकाहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्