Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, जेठ २५ । हाल नेपालमा स्थानीय वायुको प्रभाव कायमै रहेकाले आईतबार देशका पूर्वी भागमा आंशिक बदली र पश्चिमी भेगमा बर्षा जारी रहने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत तिन दिन देखि पर्दे आएको बर्षा भने आजबाट हट्दै जाने सम्भावना बढ्दै गएको छ ।

त्यस्तै, पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा हुँदै जाने महाशाखाले बताएको छ ।

अहिले देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ।



प्रतिक्रिया दिनुहोस्