Logo

४५ होटलमा क्वारेन्टाइनको व्यवस्था



काठमाडौं, जेठ २५ । विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४५ वटा होटलको सूची सार्वजनिक गरेका हो ।

जसमा चारतारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन् । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो । आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय गरेका थियो । सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुम क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए । जसमा चारतारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन् ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरे पनि होटलसँग समन्वय भने नभएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्