Logo

मृत्युपछि मात्रै कोरोना परिक्षण



काठमाडौं, जेठ २५। नेपालमा हालसम्म मृत्यु भएका अधिकांशको कोरोना भाइरससम्बन्धी रिपोर्ट मृत्युपश्चात् पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मृतकको संख्या १३ पुगेको छ । जसमध्ये अधिकांशको मृत्यु भएपछि पीसीआर रिपोर्र्ट पोजेटिभ देखिएको छ ।

जनस्वास्थ्य विज्ञहरूले सरकारले कोरोनाका कारण मृत्यु भए नभएको यकिन गर्ने संयन्त्रको विकास गर्नुपर्ने बताएका छन् । मृत्यु भएकामध्ये अधिकांश कुनै न कुनै रोगबाट प्रभावित भएका व्यक्ति हुन् । मृत्युको कारण कोरोना वा अन्य रोगका कारण भनेर स्वास्थ्य मन्त्रालयले स्पष्ट खुलाएको छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार मृत्यु भएकी ५५ वर्षीया महिलामा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको थियो । धनगढी–४ निवासी उनी मिर्गौला रोगबाट पीडित थिइन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot