Logo

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक भोलि बस्दै



काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसीबारे छलफल गर्न भोलि सचिवालय बैठक बोलाएको छ । नेकपाका एक नेताले दिएको जानकारी अनुसार पछिल्लो समय एमसीसीबारे विवाद बढ्दै गएपछि एउटा निश्कर्षमा पुग्नेगरि नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

एमसीसीबारे पार्टीको निर्णयअनुसार नै आफू चल्ने बताउँदै आएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद भने एमसीसी पारित गराउने बताउँदै आएका छन् । तर, बरिष्ठ नेता झलनाथ खनाल, नेता भीम रावल सम्मिलित कार्यदलले एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गर्न सुझाव दिएको छ । बैठक भोलि अपरान्ह ४ बजे बस्ने तय भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्