काठमाडौं, २५ जेठ । नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।