Logo

बच्चामा धेरै चन्चलता हुनु राम्रो होइन्



बच्चाहरु चकचके हुनु सामान्य हो । तर, जब धेरै चन्चलता हुन्छ तब खतरा हुनसक्छ । यो अटेन्शन डेफिसिट हाइपर डिर्सअर्डर को लक्षण हो । यो समस्या भएका बच्चाहरु कुनै पनि काममा ध्यान केन्दित गर्न सक्दैनन, यो समयमा उनीहरुको हाइपर सक्रिय हुन्छ । त्यसकारण हदभन्दा बढी चन्चल हुन्छन् । यस्ता बच्चाहरु केही समयपनि शान्तले बस्न सक्दैनन् ।

यसले बच्चाहरु पढाई होस् वा टिभी हेर्न होस् वा खाना खान वा कुनै पनि काममा स्थिर हुन सक्दैनन् । यसको लक्षण हेरेर समस्यालाई विशेषज्ञहरुले ३ तहमा विभाजन गरेका छन् । पहिलोमा बच्चाले कुनै पनि कार्यमा ध्यान केन्द्रित गर्न सक्दैनन् ।

दोस्रोमा बालबालिकामा हाइपर सक्रिय हुन्छ जसले एकछिन पनि बच्चा शान्त भएर बस्न सक्दैनन् । तेस्रो श्रेणीमा चाहि बालबालिकामा अटेन्शन डेफिसिट र हाइपर ऐक्टिविटीको लक्षण एकैसाथ पाइन्छ ।

यसको उपचार

  • यसैपनि बालबालिकाले ध्यान क्षणभरमा नै बदल्छन्् यसकारण स्थानमा वा टेबलमा मोवाइल जस्ता सामान नराख्ने ।
  • बालबालिकाको रुचिको पहिचान गरी रुचिको काममा व्यस्त राख्ने कोशिश गर्ने, जसले उसको ऊर्जाको सदुपयोग भई बच्चाको मन पनि फुरुङ्ग हुनेछ ।
  • सानो सानो कुरामा धेरै रोकटोक नगर्ने, तर धेरै गल्ती गरेमा सम्झाउने र आवश्यकता परेमा विस्तारै कुट्ने ।
  • हरेक कार्यको समय छुट्टाइदिने ।
  • बच्चालाई समयको महत्व सिकाउने । सुत्ने, उठ्ने खाने, खेल्ने का समयको बारेमा बताउने ।
  • उसको सबै राम्रा व्यवहारको प्रशंसा गर्ने ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्