
काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई सरुवा गरिएको छ । मन्त्रालयको नयाँ प्रवक्तामा डा जागेश्वर गौतमलाई ल्याईएको छ । देवकोटालाई भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ।मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिईएका गौतम परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा कार्यरत थिए । File Photo