Logo

अनुहारमा मास्क लगाउदा छालामा समस्या हुने



कोरोना भाइरसबाट बच्नको लागि आम मानिसहरुले मास्क लगाउनु धेरै आवश्यक छ । मास्क लगाएर कोरोनाबाट बच्न जोगिएपनि अनुहारको छालामा भने समस्या आउँछ ।

गर्मीमा मास्कले अनुहारमा डन्डिफोर र छालासम्बन्धि समस्यापनि निम्त्याउछ । घण्टौ मास्क लगाएर बाहिर हिड्दा छाला ओसीलो, पसिना आउने र फोहोर जम्नाले अनुहारमा रातो दाग आउने, सुन्निने र डन्डीफोर जस्ता समस्या उत्पन्न हुन्छन् । यी समस्याबाट बच्नको लागि आफ्नो छालामा विशेष ध्यान दिनु जरुरी हुन्छ । यसका केही उपायहरु छन् जसले तपाईको समस्यालाई राहत दिन्छ ।

  • यदि तपाईको अनुुहारमा मास्क लगाउने हो भने मेकअपलाई बन्द गर्नुहोस् मेकअपले अनुहारमा अक्सिजनको सर्कुलेशन बन्द गरिदिन्छ । छालाले राम्रोसँग सास लिन नपाएमा डन्डिफोर जस्ता समस्या शुरु हुन्छ ।
  • चर्को घामबाट बच्न सनस्क्रिन लगाउनु पर्छ । सकेसम्म वाटर बेस्ड सनस्क्रिन लगाउदा पसीना र आयसलाई कन्ट्रोल गर्न सक्छ ।
  • धेरै समय मास्क लगाउन परेमा माइस्चराइजरको प्रयोग गर्नुपर्छ । क्रिमको ठाउँमा माइस्चराइजरको प्रयोग गर्दा तपाईको अनुहारमा तेल र पसीना आउदैन ।
  • मास्क झिक्ने बित्तिकै सबैभन्दा पहिला अनुहार धुनुपर्छ ।
  • अनुहारमा बेसनको फेस प्याक लगाउने र पानीले अनुहार धुने । फेसप्याकको प्रयोगले डन्डिीफोरबाट मुक्ति पाइनेछ ।
  • मास्कलाई दिनहु धुनुपर्छ । मास्क धुदा जमेका फोहोर र पसिनाको गन्ध जान्छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot