Logo

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक



मोहन श्रेष्ठ/काठमाडौँ, २५ जेठ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक गुगल जुम एप बैठक मार्फत सम्पन्न भएको छ ।

देश कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा रहेको अवस्थामा विद्यार्थी परिषद्ले सूचना प्रविधिको प्रयोग मार्फत २४ र २५ गते दुई दिवसीय केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न गरेको हो । दुई दिनसम्म सञ्चालन भएको उक्त बैठकमा विभिन्न विषयमा चर्चा परिचर्चा गरिएको थियो ।

केन्द्रीय कार्यकारिणी समितिको बैठक मार्फत राष्ट्रिय महत्वका प्रस्तावहरु परित गरिएको छ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) का कारण चैत्रमा सम्पन्न हुने भनिएको विद्यार्थी परिषद्को ८औं राष्ट्रिय अधिवेशन सम्पन्न गर्न असमर्थ भएसंगै विद्यार्थी परिषद्ले केन्द्रीय कार्यकारिणी समितिको बैठक गर्ने निर्णय गरिएको थियो । देश विदेशमा रहेका आफ्ना पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको विशेष केन्द्रीय कार्यकारिणी समिति बैठकले तयार पारेको राष्ट्रिय महत्वका प्रस्तावहरुलाई सम्वन्धित निकायहरुमा सम्प्रेषण गर्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

देशको समसामयिक अवस्था, शिक्षा, स्वास्थ्य, आर्थिक, रोजगार लगायतका जल्दोबल्दो विषयहरुलाई समेटेर प्रस्ताव पारित गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले देशैभरका आफ्ना कार्यकर्ताहरुबाट आएको प्रस्ताव, सल्लाह, सुझाव, प्रतिक्रियालाई समेटेर उक्त प्रस्ताव तयार पारिएको थियो । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय अध्यक्ष प्रा.डा. रामजी गौतमज्यू मार्फत उक्त विशेष प्रस्तावलाई केन्द्रीय कार्यकारिणी समितिको बैठकमा निर्णायर्थ प्रस्तुत गर्नुहुँदै ओमकार ध्वनीको गुञ्जनका साथ उक्त प्रस्तावहरु परित गर्नुभएको थियो ।

उक्त केन्द्रीय कार्यकारिणी समिति बैठकबाट विद्यार्थी परिषद्ले केही कार्यकर्तालाई नयाँ दायित्व प्रदान गरिएको छ । केही विद्यार्थी कार्यकर्तालाई विदेश विभागको कार्य गर्ने गरि दायित्व प्रदान गरेको छ, भने परिषद्को योजनामा रही कार्य गरेका केही कार्यकर्तालाई वापसी गरिएको नामहरु राष्ट्रिय अध्यक्ष प्रा.डा. रामजी गौतमले बैठकमा प्रस्तुत गर्नुभएको थियो । परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेल, एव राष्ट्रिय उपाध्यक्षहरुले बैठकमा बैचारिक विषयमा आ–आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।

सो बैठकमा परिषद्का राष्ट्रिय पदाधिकारीहरु, राष्ट्रिय सचिवहरु, विशेष आमन्त्रित सदस्यहरु, केन्द्रीय सदस्यहरुले देश विदेशबाट सक्रिय सहभागिता जनाएका थिए । विद्यार्थी परिषद्ले अनलाईन प्रणाली मार्फत विभिन्न आयमका प्रशिक्षण, जीवन उपयोगी सीपमा आधारित कार्यक्रमहरु आफ्ना कार्यकर्ताहरुलाई प्रदान गर्दै आइरहेको छ । लकडाउनका कारण आ–आफ्नो घर–घरमा रहेका विद्यार्थी कार्यकर्ताहरुलाई सूचना प्रविधिको प्रयोग मार्फत राष्ट्रिय कार्यक्रमहरु विद्यार्थी परिषद्ले गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot