Logo

कोरोनाविरुद्व लड्ने एन्टीबडीको चीनमा परिक्षण



एजेन्सी, २५ जेठ । कोरोना भाइरसविरुद्व लड्न सक्ने मानोक्लोनल एन्टीबडीलाई चीनको राष्ट्रिय चिकित्सक उत्पादन प्रशासनले मान्यता दिएको छ । योसँगै चीनले उक्त एन्टीबडीको पहिलो चरणको परिक्षण सुरु गरेको हो । एन्टीबडी कोरोना नलागेको स्वस्थ मानिसलाई कोरोनाविरुद्व लड्न मद्दत पुर्याउने छ । त्यसकारण स्वस्थमा मानिसमा एन्टीबडी परिक्षण हुने छ ।

यो परिक्षण साकारात्मक भएमा विश्वमा नयाँ आशा पलाउने जनाइएको छ । कोरोना विरुद्व लड्न यसले भारीमात्रामा असर पुर्याउने जनाइएको छ । मानोक्लोनल एन्टीबडी विरलै यस्ता महामरी फैलाउने भाइरसमा प्रयोग हुने गरिन्छ । एन्टीबडीले डिप्थीरिया, टिटनस र इवोलाका लागी प्रयागे गर्ने गरिन्छ । कोराना विरुद्व लड्न उक्त एन्टीबडीको अुनसन्धान विभिन्न देशहरुले गरिरहेका छन् ।

त्यस मध्ये थोरै देशहरुले उक्त एन्टीबडीको परिक्षण गरिरहेका छन् । उक्त एन्टीबडीको आधीकारिता चीनको साथ रहेका कारण यसलाई परिक्षणको दायरामा ल्याउन सजिलो भएको हो । परिक्षण दायरामा रहेको एन्टीबडीको औषधी निकाल्न समय लाग्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot