काठमाडौं, २५ जेठ । होटेल संघ नेपाल (हान) का पदाधिकारीले आज काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) जनकराज दाहालसँग भेट गरेका छन् । हानले आज काठमाडौंका सिडिओलाई भेटेरै बुझाएको विवरणमा देशभर ४७ वटा होटेललाई क्वारेन्टिनका रुपमा तय गरिएको छ । आफैं खर्च गर्न मुस्किल हुनेहरुका लागि भने सम्बन्धित स्थानीय तहमा सरकारले निर्माण गरेको सामुहिक क्वारेन्टिनमा राखिँदैछ । होटेलले बिहान खाजा(खाना, दिउँखो खाजा र साँझ खाना गरी दैनिक चार पटक खानाको व्यवस्था गर्नेछन् । अन्य सेवा सुविधासमेत होटेलको मापदण्ड सरह हुने हानको भनाई रहेको छ ।