Logo

कोरोना : कुन प्रदेशको अवस्था कस्तो ?



जेठ २५, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म हालसम्म ९६ हजार २ सय ५ जनाको पिसीआर परीक्षण र १ लाख ४५ हजार ४९ को आरडीटी टेस्ट सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ७ हजार ६ सय १४ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ४२ वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा १३,३००, प्रदेश दुईमा ९९३९, बागमति प्रदेशमा २६,७८६ गण्डकी प्रदेशमा ९३५०, प्रदेश पाँचमा ३१,७१६ सुदूरपश्चिम प्रदेशमा ३३ हजार ३१ र कर्णाली प्रदेशमा २०९२६ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् । तिमध्ये प्रदेश एकमा ४३८८, प्रदेश दुईमा २२,२३२, बागमित प्रदेशमा ३१९५, गण्डकी प्रदेशमा ५,३६३, प्रदेश पाँचमा ३९ हजार ८ सय ९७, कर्णाली प्रदेशमा ३२,८२ र सुदुर पश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइतबार साँझ ५ बजेसम्म प्रदेश एकमा १६८, प्रदेश दुईमा ९७४, बागमति प्रदेशमा ५७, गण्डकी प्रदेशमा १०८, प्रदेश पाँचमा ९४४, कर्णाली प्रदेशमा ६२१ र सुदूरपश्चिम प्रदेशमा ९६ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । २ हजार ९ सय ६८ जना संक्रमितको आइसोलेनमा उपचार हुँदै छ ।

त्यसैगरी अहिलेसम्म ४ सय ६७ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ९१, प्रेदशमा दुईमा १८६, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा १३३, कर्णाली प्रदेशका ९ र सुदुरपश्चिम प्रदेशमा १३ जना रहेका छन् । पुरुष ३ सय ९९ र महिला ६८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा १ सय जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot