काठमाडौं, २५ जेठ । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भई गठन भएको जनता समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताको लागि बुझाईएको विवरणअनुसार पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई जना अध्यक्ष रहनेछन । दुई अध्यक्षमा ठाकुर पहिलो वरियतामा छन् ।
त्यस्तै, पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा. बाबुराम भट्टराईको वरिया भने चौथो नम्बरमा छ । ‘बाबुरामभन्दा माथिल्लो वरियतामा अर्थात तेस्रो वरियतामा अशोक राई रहनेछन् । पाँचौ नम्बरमा राजेन्द्र महतो रहेका छन् । पार्टी एकताको लागि आफू पद त्याग गर्न तयार रहेको कुरा बाबुरामले नेताहरुसँग स्पष्ट कुरा राखेका थिए ।
तर, बाबुरामलाई पहिलो वरियतामा नराख्नेबारे दुवै पार्टीका नतोहरु राजी थिए । खासगरी जसपा मधेशवादी दुई दलबीचको एकता भएको बताउँदै बाबुरामसँग जनाधार नभएकोले उनलाई नेता मान्न नसकिने नेताहरुको गुनासो थियो । एक नेताले भने, यी दुई दल मधेश आन्दोलनको जगमा बनेका हुन्, त्यही भएर जसपापनि मधेश आन्दोलनको आधारमा गठन भएको हो । Photo By: Mukunda Kalikote-ReportersNepal.com