काठमाडौं, २५ जेठ । संविधानविदन् डा. भीमार्जुन आचार्यले सामूदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीको जिम्मेवारी निजी विद्यालयलाई दिने कुरा बजेटमा उल्लेख गरिएकोबारे विरोध जनाएका छन् । आज (आइतबार) राति आफ्नो ट्विटरमार्फत आचार्यले लेखेका छन्,’सामुदायिक विद्यालय संक्रमित बस्ने घर नीजि विद्यालयलाई विद्यार्थी भर्ना र शुल्क उठाउने अनुमति;सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती जिम्मेवारी नीजि विद्यालयलाई दिने अर्थमन्त्रीको बजेट;सरकार कम्युनिष्टहरुको;प्रतिपक्ष प्रजातन्त्रवादीको; संविधान समाजवादको।धन्य मेरो देश मेरो सरकार!’