काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनाएका छन् । उनकाअनुसार कोरोना भाइरसका बारेमा विशेष छलफल र निर्णय गर्नको लागि आकस्मिक बैठक बोलाईएको हो ।