Logo

सार्वजनिक यातायात सञ्चालन हुने, असारको दोस्रो हप्ताभित्र आधा सिटमा चल्ने



काठमाडौं, २५ जेठ । सरकारले लकडाउन खुकुलो बनाउने क्रममा असारको दोस्रो हप्तासम्म सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सार्वजनिक यातायात सञ्चालनको मोडालिटीलाई अन्तिम रुप दिने प्रयास भइरहको छ ।

सरकारले बनाएको प्रारम्भिक मस्यौदामा सार्वजनिक यातायातको आधा सिट मात्र प्रयोगमा ल्याइनेछ । शुरुमा आधा सिटमा सञ्चालन गर्दा प्रत्येक यात्रुले मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

कोरोना भाइरसको जोखिमबाट बच्न सार्वजनिक यातायातमा स्यानिटाइजरको आवश्यक प्रयोग देखि स्प्रे गर्नुपर्नेछ ।

यातायात छोटो दुरीमा मात्र सञ्चालन गर्न पाइनेछ । प्रत्येक सिटमा एकजना मात्र यात्रु राख्ने देखि भौतिक दुरीको नियम पनि बनाइएको छ । मस्यौदा प्रस्तावलाई अन्तिम रुप दिन यातायात व्यवसायीसँग पनि कोरोना रोकथामसम्बन्धि उच्चस्तरीय संयन्त्रले सुझाव संकलन गरिरहेको छ ।

यातायात व्यवसायीले आधा सिटमा मात्र यात्रु चढ्न दिने हो भने भाडा दर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले आधा सिट चढाउँदा अहिलेको चलेको भन्दा दोब्बर भाडा हुनुपर्ने अडान लिएका छन् । सहमतिमा आइपुग्दा भाडा बढ्न सक्ने देखिन्छ ।

सार्वजनिक यातायात शुरुमा एउटै जिल्लाभित्र मात्र सञ्चालन गर्न दिइनेछ । काठमाडौं उपत्यकाको हकमा तीनवटा जिल्लाभित्र सञ्चालन गर्न पाइनेछ । यातायात सञ्चालनका लागि उक्त क्षेत्र कोरोनाको जोखिम नभएको हुनुपर्नेछ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot