Logo

जनता समाजवादी: कुरा विभेदमा परेका जातिको, नेतृत्व बाहुन र यादवको



काठमाडौं, २६ जेठ । रुकुम पश्चिमको सोती घटनालाई जातीय विभेदसँग जोडेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिए । उनले जातीय मुद्दालाई जोडतोडले उठाइरहेका छन् । भट्टराई वरिष्ठ नेता रहेको जनता समाजवादी पार्टीको जग नै जातीय र क्षेत्रीय मुद्दाबाट उठेको हो ।

जसपामा मधेशी र जनजाति आन्दोलनको नेतृत्व गर्दै आएका नेताहरुको बाहुल्य छ । तर, रोचक पक्ष यो छ कि उसको २५ जेठमा गठित पदाधिकारीसहित ५३ सदस्यीय केन्द्रीय कमिटिमा दुईजना मात्र दलित समुदायको प्रतिनिधित्व छ । दानबहादुर विश्वकर्मा र दुर्गा सोब मात्र दलित समुदायबाट केन्द्रीइ सदस्य बनाइएका छन् । उनीहरुको वरियता निकै तल राखिएको छ । पदाधिकारीमा एकजना पनि दलित छैनन् ।

मधेशबाट प्रतिनिधित्व गर्नेमध्ये एकजना पनि दलित छैनन् । बरु मधेशका कथित उच्च जातिकाहरुको केन्द्रीय कमितिमा बाहुल्यता छ । अध्यक्ष महन्थ ठाकुर नै कथित उच्च जातिका हुन् । उपेन्द्र यादव मधेशमा सबैभन्दा बढी जनसंख्या भएको यादव समुदायका हुन् ।

पाँचजना पदाधिकारीमध्ये दुईजना ठाकुर र भट्टराई ब्राम्हण समुदायका हुन् । पदाधिकारीसहित केन्द्रीय कमिटिमा सबैभन्दा बढी बाहुन समुदायबाट छन् । पहाड र तराई दुवै क्षेत्रका बाहुनको केन्द्रीय कमिटिमा अन्य जातिको तुलनामा बढी संख्या छ । पदाधिकारीसहित केन्द्रीय कमिटिमा ८ जना यादव छन् ।

पदाधिकारीमा एकजना पनि मुसलमान छैनन् । केन्द्रीय कमिटिमा कुल २ जना मुसलमान समुदायका छन् ।

पदाधिकारीसहित केन्द्रीय कमिटिको सुची:

जनजातिबाट पदाधिकारीमा अशोक राईसहित ५ जना छन् । टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पनि केन्द्रीय कमिटिमा समावेश छन् । थारु समुदायबाट २ जना मात्र छन् ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्