Logo

सार्क राष्ट्रमा कोरोनाः धेरै संक्रमित भारत र थोरै भुटानमा, नेपालको अवस्था सन्तोषजनक



काठमाडौं, जेठ २६ । कोरोना भाइरस संक्रमणको दृष्टिले सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको छ । सबैभन्दा धेरै संक्रमित भारत र थोरै भुटानमा रहेका छन् ।

सार्क राष्ट्रहरूमा नेपाल संक्रमित संख्याको आधारमा पाँचांै स्थानमा छ । नेपालमा हालसम्म ३ हजार ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ४ सय ६७ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले भने नेपालमा कोरोना परीक्षणको दर कम भएकाले संक्रमित संख्या न्यून देखिएको बताउँदै आएका छन् ।

कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार सबैभन्दा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । भारतमा हालसम्म २ लाख ४७ हजार ८ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख १९ हजार २ सय ९३ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ९ सय ५४ जनाको ज्यान गएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot