Logo

स्याङजाका कोरोना संक्रमित पुरुषको मृत्यु



कास्की, जेठ २६ । आइतबार मात्रै कोरोना पुष्टि भएका स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गत जेठ २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिर्दे आएको थियो ।

भारतबाट नेपाल आएका उनलाई गृह जिल्लास्थित वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनि पहिलेदेखि विमारी रहेको अस्पताल स्रोतको भनाई छ । स्वास्थ मन्त्रालयले भने कोरोनाबाट मृत्यु भएकोबारे आधिकारीक जानकारी दिन बाँकि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot