Logo

कोरोना नियन्त्रणबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं, जेठ २६। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ।

आज दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन्।
बैठकमा कोरोना भाइरस माहामारीबारे विशेष छलफल र निर्णय गरिने प्रवक्ता शर्माको भनाइ छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै कांग्रेसले सरकारको गतिविधिको आलोचना गर्दै आएको छ।

कांग्रेसले विदेशमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्