Logo

एउटै गाँउपालिकामा १६ जना संक्रमित थपिए



सप्तरी, जेठ २६ । सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितहरु सबै बलान बिहुल गाउँपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित मध्ये वडा नम्बर ५ मा ७ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर २ मा १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सबै भारतबाट आएर केहि दिन देखि क्वारेन्टिनमा बस्दै आएकाहरु रहेका छन् । सप्तरीमा संक्रमितको संख्या ९३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot