Logo

क्वारेन्टाइनमा पुग्ने वित्तिकै मृत्य भएका युवकको परिक्षण नहुँदै दाहसंस्कार



बैतडी, जेठ २६ । बैतडीस्थित क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ। शनिवार राति मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नआउँदै आफन्तले दाहसंस्कार गरेका छन्।

दाहसंस्कारमा सहभागी मलामी ६ जना रहेको र उनीहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालय बैतडीले जनाएको छ। मृतकको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि धनगढी पठाइए पनि रिपोर्ट भने आएको छैन् । गत जेठ २३ गते भारतबाट नेपाल आएका उनको क्वारेन्टाइन पुगेकै दिन मृत्यु भएको हो ।

यसअधि डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकाको वडा नम्बर एकमा रहेको क्वारेन्टाइनमा ज्यान गुमाएकी महिलाको समेत कोरोना परिक्षण नहुँदै दाहसंस्कार गरिएको थियो ।

त्यस्तै, भारतबाट आएर बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टिनमा रहेक एक जनाको मृत्यु भएको थियो । उनको समेत कोरोना परिक्षण नहुँदै दाहसंस्कार गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्