काठमाडौं, २६ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालको वरियतामा डा. बाबुराम भट्टराईलाई चौथो नम्बरमा राखिएको विषयमा टिप्पणी गर्दै भट्टराईको वरियता राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने स्पष्ट पारेका छन् । आज विहानै सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले पार्टी एकता गर्दा आफ्नो नाम तल राख्न मानेकोले बाबुरामको उचाई अझै बढेको देखिएको सुनाएका छन्।
थापाले लेखेका छन्,’वरियताको विषयमा @brb1954 लाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन।लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ।एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ ।’ File Photo