काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको स्वास्थ्यप्रति किन निरीह र लाचार भएको भन्दै प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले सरकारले क्वारेन्टिनको राम्रो व्यवस्थापन गर्न नसकेको र संक्रमितहरुको पनि उचित व्यवस्थान गर्न नसकेको गम्भिर आरोप लगाएका छन् ।
कोइरालाले लेखेका छन्,’न क्वारेन्टाइनको ब्यवस्थापन राम्रो छ। न संक्रमितहरुको उचित ब्यवस्थापन छ।आरडिटी नेगेटिभ देखिएर घर फर्केकामा संक्रमण फैलँदै गएको छ।पिसिआर रिपोर्टका लागी हप्तौं कुर्नुपर्ने अवस्था छ।मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परिक्षण गरिन्छ। जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार ?’ FILE PHOTO