Logo

जागिरबाट हटाईएपछि अछाममा एक जनाले आफ्नै शरिरमा आगो लगाए



अछाम, जेठ २६ । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । अस्पतालको गेट अगाडि आज विहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएको बुझ्न आएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज ल्याईएको छ । जागिरबाट हटाईएपछि तनावमा आएका आउजीले आफ्नै शरिरमा आगो लगाएका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्