काठमाडौ, २६ जेठ । नायिका करिश्मा मानन्धरले समाजवादी पार्टीले कुशल नेता चिन्न नसकेको आरोप लगाएकी छिन् । नेता बाबुराम भट्टराईको पक्षमा बोल्दै उनले राजनितिक उचाईलाई पदले निर्धारण नहुने पनि स्पष्ट पारेकी छिन् ।
समाजवादी पार्टी दर्ता गरेसँगै भट्टराईको नाम चौथौ वरियतामा राखेकोमा करिश्माले मधेसी नेताहरुले भट्टराईलाई कदर गर्नुपर्ने बताएकी हुन् । तराईका बलियो नेतृत्व र दुरदर्शिता नभएकै कारण खेतियोग्य, समतल जमिन र औद्योगिक कलकारखाना हुँदापनि विकास हुन नसकेको आरोप लगाइन् । करिश्मा केहि वर्ष अगाडी भट्टराईको पार्टीमा आबद्ध थिइन् । करिश्माले आज कमल थापाको ट्विटलाई रिट्विट गर्दै लेखेकी छिन्,
‘कमल थापा ज्यु को कुरामा सहमत छु, डा. बाबुराम भट्टराईलाई तीन वर्षको सहयात्रामा अलिअली चिन्ने मौका पाएको छु ,जसरी वाहाँलाई नकारात्मक प्रकारले ब्याख्या गरिन्छ त्यो पट्टकै होइन ! उहाँको राजनीतिक उचाई वाहाँको पदले निर्धारण गर्ने होइन ! मधेसी नेताहरूले वाहाँको महत्त्वको कदर गर्नु पर्छ । संकीर्ण भएर पदलाई महत्त्व दिनु भन्दा पनि फराकिलो भयेर पार्टीले बोकेको विचारलाई बलियो बनाउनु पर्छ । नभुलौ समतल सहज भौगोलिक स्थिति र सुन फल्ने खेति योग्य जमिन र विभिन्न औद्योगिक कलकारखाना हुदाहुदै पनि किन तराई पछि छ ! त्यो नेतृत्व बलियो र दुरदर्शि नभएर हो तेसैले अफ्नो नेता चिन्नुस ! ’