Logo

मिनीट्रक कालीखोलामा खस्दा चालकको मृत्यु



भक्तपुर, २६ जेठ । आज मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका झौखेलस्थित सडकबाट बा.५ ख ३११ नम्बरको मिनीट्रक आइतबार राति कालीखोलामा खस्दा चालक नवराज लाछिवाको मृत्यु भएको हो ।

चालक नवराजलाई ट्रकले च्यापीएको अवस्थामा महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले कालीखोलामा क्रेनको सहयोगमा उद्दार गरी डा. ईवामुरा अस्पताल पु¥र्याएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक खसेर दुर्घटना भई चालकलाई ट्रकले नै च्यापिएको हुँदा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्