Logo

बिद्युत प्राधिकरणका कर्मचारी अख्तियारको फन्दामा



काठमाडौ, २६ जेठ । नेपाल बिद्युत प्राधिकरणका हेल्पर अरुण कुमार गुरुङमाथी ८ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । मोरङ्गका तत्कालीन हेल्पर (म्यादी) गुरुङमाथी ८ लाख ७३ हजार ५ सय ४२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार प्रमाणित भएको जनाएको छ ।

गुरुङले आय काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरेको थियो ।

उनलाई कानुन बमोजिम बिगोको दोब्बर जरिवाना कायम गरी पाउन मागदाबी लिई जेठ २५गते विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot