Logo

आजको मौसमः दिनभर घाम, बेलुका पानी



काठमाडौं, जेठ २७ । स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदली केहि दिन लम्बिन सक्ने देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको जारी गरेको मौसम पूर्वानुमान अनुसार

अहिले गण्डकी प्रदेश र बागमती प्रदेशको केहि ठाउँमा बर्षा भइरहेको जनाउदै प्रदेश १ का पहाडी भूभागहरूमा समेत प्रभाव पर्दा मौसम बदली भएको छ । त्यस्तैm कर्णाली र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा पनि मौसममा आंशिक बदली आएको महाशाखाले जनाएको छ ।

मंगलाबार बेलुकासम्म देशभरका मौसममा पूर्ण बदलि भई उच्च पाहाडि क्षेत्रमा हावाहुरीसहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्