Logo

लकडाउनमा कडाई गर्न पसल बन्द गराउने देखि सवारी नियन्त्रणमा प्रहरी सक्रिय



काठमाडौं, २७ जेठ । लकडाउनको धमाधम उल्लंघन हुनथालेपछि सरकारले बल प्रयोग गर्न थालेको छ । काठमाडौं उपत्यकाभित्र सवारीको चाप बढ्ने देखि पसलहरु खुल्न थालेपछि सरकारले बल प्रयोग गरेर पालनाका लागि वाध्य बनाउन थालेको हो ।

७७ दिनको लकडाउनपछि आर्थिक अवस्था डामाडोल भएपछि व्यवसायीहरु पसल सञ्चालन गर्न थालेका छन् । न्युरोड, बालुवाटार, चावहिललगायतका क्षेत्रमा धमाधम पसल खुल्न थालेपछि प्रहरीले बन्द गराउन थालेको छ । आज पसल बन्द गराउन पुगेको प्रहरी र व्यवसायीबीच बालुवाटारमा विवाद भएको छ । व्यवसायीले प्रतिकार गर्न थालेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

यसैगरी, राजधानीको विभिन्न स्थानमा पसल खुल्न थालेपछि प्रहरीले बन्द गराउँदै हिंडेको छ । तर, व्यवसायीले अटेर गरेका छन् । सरकारको निर्देशन भन्दै प्रहरीले बन्द गर्न लगाएको हो ।

आज सयौंको संख्यामा सवारी साधान नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक महाशाखा रामशाहपथका एसएसपी भीमप्रसाद ढकालले सबै युनिटहरुलाई कडाईका साथ लकडाउन उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् । उनले लकडाउन झन् कडा भएको बताए । पास र सरकारले तोकेको अत्यावश्यक सेवाबाहेकका सवारी साधान भेटिए तत्काल नियन्त्रणमा लिइने क्रम चलिरहेको ढकालले बताए ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्