Logo

कोरोना भाइरसको भ्याक्सिनको वास्तविकता



विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न विश्व एकजुट भई लडिरहेको छ । नयाँ प्रकारको भाइरसले महामारीको रुप लिएपछि यसलाई नियन्त्रण गर्न विश्व नै असर्मथ देखिएको छ । भाइरसको खोप निर्माण भने अन्योल देखिएको छ ।खोपको प्रयास देशहरुले तिब्र गतिमा गरिरहेकाता पनि यसको खोप पूर्ण रुपमा विकसित हुन सकेको छैन् । अगामी वर्ष सन् २०२१ को सुरुवातमा खोपको निर्माण भइसक्ने वैज्ञानिक डा. फाउचीले दाबी गरेका छन् ।

खोप निर्माणको दौडमा लागीरहेका कम्पनी मध्यृ एकले खोप निर्मा गर्ने विश्वास व्यक्त गरेका छन् । तर, अहिलेसम्म कुने देशले आफ्नो प्रभावकारी खोप बनाएको भन्ने विषय अन्योल रहेको जनाइएको छ । अमेरिकाले मार्डना जस्ता कम्पनीलाई पैभावकारी खोप निर्माण गर्न अत्यावश्यक रकमको सहयोग गरिरहेका छ । अचानक महारीको रुपामा देखापरेका कोरोनाका लागी निर्माण भएरहेका खोपहरुका कम्पनीले आफ्नो तीब्रता देखाएको छ ।

एउटाखोप निर्माण गर्न करिब दश वर्ष सम्म लाग्न गर्छ । खोप निर्माणको गर्नुभन्दा अगाडी थुप्रै परिक्षण हुने गर्दछ । चरणवद्ध तरिकाले जादाँ दो निर्माणमा समय लाग्ने गर्दछ । तर, महामारीका बीच गरिहरेको दखोवको अनुसन्धान निकै सराहनिय रहेको डा. फउचीले बताएका छन् । खोप निर्मँणलाई तीब्रता दिन आवश्यक रहेका छ । तर, खोपलाई छिट्टै मानव परिक्षण गर्नाले खतरा निम्त्याउन सक्नेछ ।

सन् २०१७ मा डेङगुको महामारी चलेको थियो । खोप निर्माणपछि तुरुन्तै प्रयोगमा ल्याउदाँ यसले बच्चाहरुको ज्यान समेत लिएको थियो । त्यसैगरी सन् १९७६ मा अमेरिकामा फैलिएको स्वाइन् फ्लको खोपले कतिपय मानिसलाई मृत्युको घाट समेत पुर्याएको थियो । कोरोना विरुद्वको खोपलाई निर्माण गरी विभिन्न प्रक्रियाबाट लगी मानवमा प्रयास गर्नुपर्ने आवश्यकता डा. फाउचीले औल्याएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना खोपका निर्माणमा १२० प्रतिस्पर्धीहरु अग्रसर रहेका छन् । त्यसमध्ये १० वटा खोपको मानव परिक्षणको कmममा रहेको जनाइएको छ । पाँचवटा खोपको परिक्षण चीनमा हुने, चार वटाको अमेरिका, एउटा बेलायतमा परिक्षण हुने जनाइएको छ । परिक्षणहरु स्वयंसेवकहरुमा हुनेछ । महामारीको सयममा खोपको मूल्य तय भइसकेको छैन् । विश्वको नेताहरुले कम्पनीहरुलाई चुनौतीको बेला खोपको मूल्यमा नाफा नलिइ बेत्ने पाउने व्यवस्था मिलाउन सुझाव दिएका छन् । कोरोना खोप निर्माण कोषमा विभिन्न स्रोतबाट ४.४ खर्बको सहयोग जुटिसकेको छ । खोप रोग अनुसार फरक हुने कारण यसको मतिसमयसम्म असर शरीरमा हुने तत्काल अनिश्चित छ । साकारात्मक भइ सम्पूर्ण विश्व कोरोनाको खोप निर्माणमा लागीरहेको छ ।

तर,खोप निर्माण छिट्टै हुन्छ वा नहुन पनि क्ने अनुमान वैज्ञानिले लगाएका छन् । यस्ता थूप्रै भाइरसहरु छन् जस्को खोपको निर्माण भइसकेको छैन् भन्दै वैज्ञानिहले स्पष्ट पारेका छन् । खोप निर्माण भएपनि परिक्षण कालमा समेत उपयोग्य नहुन सक्ने विषय औल्याइएको छ । खोपको विकास नभएमा आ आफ्नो तर्फबाट भाइरसलाई आत्मबल बलियो गर्दै लैजानुपर्ने वैज्ञानिहरुले बताएका छन् र समाज भाइरसबाट लड्न आफ्ै सक्षम हुनुपर्ने बाहेक कुनै विकल्प नरहेको जनाइएको छ । भौतिक दूरी नै कायम गर्नुपर्ने बाध्यकारी विकल्प हुने जनाइएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्