Logo

सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन, प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेपछि



काठमाडौं, २७ जेठ । सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन भएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको र प्रयास फितलो भएकोमा विवेकशली नेपाली दल र डा. गोविन्द केसी समर्थकहरु आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका थिए ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार प्रहरीले प्रदर्शनकारीलाई पानीको फोहोरा हानेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नुपर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु पर्ने तथा सबैको जीवन रक्षा गर्नु पर्ने लगायतका माग अघि सारेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्