काठमाडौं, २७ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका र समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने तयारी भैरहेको स्पष्ट पारेका छन् । उनले सुरुमा २५ हजार नेपालीलाई स्वदेश ल्याउने जानकारी दिए । आज प्रतिनिधिसभाको बैठकमा विनियोजन विद्येयकमाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र फिर्ता भएसँगै त्यहाँ गरिनुपर्ने प्रशासनिक, सुरक्षा र विकास सम्बन्धि कामहरु अघि बढ्ने पनि विश्वास दिलाए । उनले सरकारले दार्चुलादेखी टिङ्करसम्म नेपाली भुभाग भएरै सडक निर्माण कार्य सुरु गरिसकेको बताए ।