काठमाडौं, २७ जेठ । अनिल कुमार झा र राजकिशोर यादव राजपा नेपाल व्युँताउने कसरत गरेका छन् । जनता समाजवादी पार्टी, नेपाल दर्ता गर्न सबै शीर्ष नेताहरु निर्वाचन आयोग पुगेको बेला राजपा नेपालका अध्यक्ष मण्डलका दुई जना सदस्यहरु अनिल कुमार झा र राजकिशोर यादव गएका थिएनन् । त्यतिमात्रै होईन, समाजवादी पार्टीसँग एकता घोषणा गर्ने दिनमा पनि यी दुई नेता सहभागी थिएनन् ।
स्रोतकाअनुसार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएदेखि नै झा र यादवले राजपा नेपाललाई नै व्युत्याउने गृहकार्य गरेका थिए । आजमात्रै पनि उनीहरुले यसबारेमा छलफल गरेको स्रोतले जनाएको छ । झा र यादवलाई शरदसिंह भण्डारी र महेन्द्र राय यादवले पनि साथ दिने वचन दिएको बुझिएको छ । पार्टी एकतामा आफूहरुलाई बेवास्ता गरिएको भन्दै उनीहरुले पनि झा र यादवलाई साथ दिन लागेका छन् । File Photo