Logo

तत्कालिन गाविस सचिव लगायत ११ जना अख्तियारको फन्दामा



काठमाडौ, २७ जेठ । तत्कालिन गाविस सचिव रामप्रसाद न्यौपाने लगायत ११जनामाथी भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कोहबरा गाविस झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ जिल्ला लेटाङ गा.वि.स. हाल लेटाङ भोगटेनी नगरपालिका वडा नं. २ बस्ने स्व. हरि प्रसाद चम्लागाईको जेठी श्रीमती रेनुका चम्लागाईसँग मिलेमतो गरी योजनावद्ध रुपमा बदनियतपूर्वक मृत्युदर्ता प्रमाणपत्र र बसाइँसराई प्रमाणपत्र गलत जारी गरेको उजुरीको आधारमा अनुसन्धान भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सचिव न्यौपाने, वडासचिव मोहनप्रसाद ओली, रेनुका चम्लागाइ, कार्यालय सहयोगी दल बहादुर खत्री, मुचुल्कामा हस्ताक्षर गर्ने स्थानीय वासीहरु महानन्द सापकोटा, राजेन्द्र भन्ने गिरीराज श्रेष्ठ, चिन्तामणी बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मी प्रसाद वस्ताकोटी, टंक प्रसाद बजगाई, बालकृष्ण न्यौपानेले सहित जना ७ ले सर्जमिन मुचुल्कामा बदनियतपूर्वक दस्तखत गरी पेश गरेको पुष्टि भएको थियो ।

उनीहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्