Logo

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले राजीनामा दिए



काठमाडौं, २७ जेठ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले आज मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष राजीनामा पेस गरेका हुन्। सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले आफूले राजीनामा दिएको जानकारी गराएका छन् । उनले ७ वर्ष ५ महिना २० दिनको अनवरत सेवाबाट विश्राम लिएको जनाएका छन् । आजसम्म साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । र, गुम्सिएको धक फुकेर आएको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्