Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही दिनयता गडबडी



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही दिनयता समस्या देखिएको छ । उनलाई मुटुमा केही समस्या आएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई तीन दिनयता केही समस्या देखिएको छ । कोभिड १९ को जोखिमका कारण उनलाई अस्पताल भने लगिएको छैन ।

मनमोहन कार्डियोलोजि तथा भास्कुलर सेन्टर महाराजगञ्जमा बेला बेलामा चेकजाँच गराउँदै आएपनि उनलाई यसपटक बालुवाटारमै आराम गर्न लगाइएको बुझिएको छ । ओलीको स्वास्थ्यमा समस्या कारण आज बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।

यसअघि जेठको पहिलो हप्ता सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिने क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या भएको भनेका थिए । उठेर रोष्टममा बोल्दा कठिन भएपछि उनले बसेर बोल्न दिन सभामुखसँग आग्रह गरेपछि अनुमति दिइएको थियो ।

ओलीले संसदमा निशानछाप पारित गर्न संविधान संशोधन प्रस्ताव, बजेटबारे पनि केही बोल्न उपस्थिति जनाएनन् । यसको कारण खोज्दै जाँदा उनको स्वास्थ्यमा केही समस्या देखिएको खुलेको हो ।

दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीले सामान्य मानिसले जसरी खटिएर काम गरिरहेको उनी निकटले दाबी गरिरहेका छन् । तर, प्रधानमन्त्रीले धेरै समय र चिन्तन स्वास्थ्यमा खर्चनु पर्नाले कोभिड १९ को रोकथामलगायत संकटमा गर्नुपर्ने महत्वपूर्ण कामहरु गर्न नसकिरहेको गुनासा उनकै दल नेपाल कम्युनिस्ट पार्टीभित्र आउने गरेको छ ।-File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot