Logo

पूर्वमन्त्री मेघराज निसाधको निधन



काठमाडौँ, जेठ २७ गते । पूर्वमन्त्री मेघराज निसाधको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा आज निधन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गरेका छन् ओलीले मङ्गलबार शोक वक्तव्य जारी गर्दै निसादको सरल जीवनशैली, इमान्दार व्यक्तित्वबारे चर्चा गर्दै भने, “उहाँलाई राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान ब्यक्तिको रुपमा पाएको थिएँ ।”

मिर्गौला सम्बन्धी समस्याबाट पीडित ६५ वर्षीय निसाधको उपचारकै क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा मङ्गलबार दिउँसो निधन भएको हो । प्रधानमन्त्री ओली पहिलो पटकको कार्यकालमा मधेश समता पार्टीका तर्फबाट निसाद उद्योग राज्यमन्त्री थिए। पछिल्लो समय निसादले नेतृत्व गरेको मधेस समता पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot