Logo

इन्भेस्टमेन्टले जित्यो २ अर्ब बढीको मुद्दा



काठमाडौं, जेठ २८ । नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो ।

मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई–कमेन्टिस्टी ९सीएमसी० ले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो । तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो ।

उति नै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो । सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलाजले सुरुमा बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्