Logo

दार्चलाको विकट गाँउमा पुगे डाक्टर केसी



दार्चला, जेठ २८ । झण्डै तीन महिनादेखि सुदूरपश्चिममा रहेको डाक्टर गोविन्द केसी दार्चुला सबै भन्दा विकट अपिहिमाल गाउँपालिका पुगेका छन्।

डाक्टर केसी हिडेर गाउँपालिकाको वडा नम्वर ४ मा रहेको खण्डेश्वरी स्वास्थ्य चौकी पुगेको गाउँपालिकाका सूचना अधिकारी प्रमोदसिंह मन्यालले पुष्टि गरेका छन । उनले त्यहाँ दुई दिने निशुल्क स्वास्थ्य सेवा समेत प्रदान गर्ने कार्यक्रमण रहेको मन्यालले बताएका छन् ।

गत हप्ता भारतले नेपाली भूमि मेचेको विषयमा दुई दिने अनसन बसेका डाक्टर केसीले झण्डै दुई महिना डडेल्धुरा अस्पतालमा निशुल्क स्वास्थ्य सेवा दिएपछि दार्चला पुगेका थिए । उनले बझाङ र बैतडीमा समेत स्वास्थ्य सेवा दिएका थिए।



प्रतिक्रिया दिनुहोस्