एजेन्सी २८ जेठ । कमान्डर कासिम सुलेमानीको खबर दिने जासुसलाई इरानले मृत्युडण्ड दिने घोषणा गरेको छ । इरानले सीआइए र इजराइलको खुफिया एजेन्सीसँग मिलेर सुलमानीको जानकारी दिने व्यक्तिलाई मृत्युडण्ड दिने घोषणा गरेको हो ।
इरानको न्यायपालीकाका प्रवक्ताले इरानी नागरिकलाई उक्त खबरबारे जानकारी दिएका हुन् । प्रवक्ताले इरानी नागरिक महमुद मौसवी मजदले सीआइएका लागी जासुसको रुपमा काम गर्दै आएको र कासिम सुलेमानीको खबर समेत दिएको विषय खुलेपछि उनलाई मृत्युडण्ड दिने फैसला भएकोे जनाएका छन् ।
कासिम सुलेमानी जनवरीमा महिनामा अमेरिकी ड्रोण हमलामा नियोजीत ढंगले मारिएका थिए । उनलाई मिलिसिया समूहसंग संलग्न रही अमेरिकी क्षेत्रमा गलत गतिविधि गर्ने योजना रहेको आरोपमा उनलाई अमेरिकाले मारेको हो । सुलेमानीले तेहरानस्थित रहेको मेरिकी बेसमा हमला समेत गराएको आरोप अमेरिकाले लगाएको थियो ।
विगतमा सीआएका लागी काम गरेका १७ जासुसमा समेत मजदको नामपनि रहेको जनाइएको छ । अहिलेसम्म सुलेमानी केसलाई सार्वजनीक रुपमा नलगीएको जनाएको छ । पहिलोपटक सुलेमानी केसमा आपराधीलाई इरानी नागरिक सामू सार्वजीनक गरिएको जनाइएको छ । यस्ता प्रकारका केसमा न्यायलयलाई कुनै प्रकारको समस्या नहुने गरी छिट्टै फैसला आउने प्रवक्ताको विश्वास रहेको उल्लेख छ ।