Logo

सुनको मुल्यमा वृद्धि



काठमाडौँ २८ जेठ : सुनको मूल्यमा वृद्धि भएको छ। आज (बुधबार) जेठ २८ गते सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६०० रुपैयाँ कायम गरेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ३०० रुपैयाँ रहेको छ ।

करिब साढे २ महीनापछि महासंघले आइतबारदेखि दैनिक नयाँ मूल्य सार्वजानिक गर्न थालेको छ। नयाँ मूल्य सार्वजानिक भए पश्चात लगातार तेस्रो दिन पनि सुनको मुल्यमा वृद्धि भएको हो । आइतबार १० हजार ४०० रुपैयाँ बढाएर नयाँ मूल्य तोकेको थियो भने त्यसपश्चात सोमबार एक सय रुपैयाँ र मंगलबार पनि दुइ सय रुपैयाँले बढेकाे थियो।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९३५ रुपैयाँ कायम गरिएको छ ।File photo



प्रतिक्रिया दिनुहोस्