काठमाडौं, जेठ २८ । आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा निर्णय लिईने कुरा आजको प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका हुन् । उनले आजैको बैठकमा निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय गरिनेपनि संकेत गरे ।
उनले मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने जानकारी दिए । कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याइने पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘थप आधुनिक उपकरण ल्याउनेमा हाम्रो ध्यान गएको छ । त्यसमा हामीले कदम चालिराखेका छौं ।’