Logo

प्रधानमन्त्रीको सम्बोधनपछि बाबुराम भट्टराईको प्रतिक्रिया : पटक-पटक उही दिव्य उपदेश !



काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गरेको सम्बोधनलाई पटकपटकको उही दिव्योपदेशको संज्ञा दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको सम्बोधनबारे यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,’प्रम @kpsharmaoli  को सबभन्दा ठूलो रोग डनिंग-क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो।संसदमा उभिएर पटकपटक उही दिव्य उपदेश!कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे! क्वरेन्टीनमा बस्नेहरूको यत्रो विजोग,परीक्षणको अभाव,विदेशबाट फर्कनेहरूको कन्तविजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे!’



प्रतिक्रिया दिनुहोस्