Logo

कोरोना संक्रमण चीनमा २०१९ को अगस्तमा नै देखिएको दाबी, चीनको आपत्ती



एजेन्सी, २८ जेठ । सन् २०२० को जनवरीमा चीनबाट सुरु भएको कोरोना भाइरस सन् २०१९ कै अगस्त महिनामा चीनमा देखापरेको हार्वर्ड विश्वविद्यालयले दाबी गरेको छ । यसप्रति चीनले भने अविश्वसनीय हाँस्यास्पदको रुपमा लिएको छ ।

चीनले पहलो रिपोर्ट दर्ता गराउनु भन्दा धेरै पहिले चीनमा भाइरस देखापरेको थियो । तर ,चीनले भने उक्त विषयलाई दबाएको हार्वर्डको अध्ययनले देखाएको छ । आइतबार चीनले जारी श्वेत पत्रमा डिसेम्बर १७ महिनाको कोरोना केस दर्ता भएको उल्लेख गरिएको छ । यसलाई मानव देखि मानवमा सर्ने विषयलाई चीनको वैज्ञानिकले जनवरी १९ मा जनाएको उल्लेख गरिएको छ । वुहानले जनवरी २३ मा लकडाउन घोषणा गरेको थियो ।

चीनलाई ट्रमप लगायत अन्य देशहरुले कोरोनाको डाटा पारदर्शी नगरेकामा बारम्बार आरोप लगाइरहेका छ । जस्ले विश्वको अर्थतन्त्र र मानवजातीमा भयावह अपस्था सिर्जना भएको छ । हार्वर्डले स्याटलाईट तस्बिर मार्फत गरेको अनुसन्धान अनुसार सन् २०१९ को अगस्त देखि डिसेम्बर महिनासम्म वुहानको पाँच अस्पतालका अगाडी व्यापक मात्रामा ट्राफिक जाम लागेको उल्लेख गरिएको छ । संयोगले उक्त समयमा चीनमा प्रविधिमार्फत कफ र डाइरियाको विषयमा अत्यधिक अनलाइन सर्ज (खोजी) भएको अनुसन्धानले जनाएको छ ।

हाँस्यास्पद र सतही सुचनाको आधारमा हार्वंर्डले अध्ययन गरेको चीनले ब्यङय गरेको छ । प्रमाण बिनाको अध्ययन रहेको समेत चीनले जनाएको छ । अनुसन्धानलाई भने गहीराइका साथ वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । ट्राफिकको चापको आधारमा गरेहको अनुसन्धानले कुनै अथै नरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेकी छिन् । चीनको ल्याबलाई पनि भाइरस उत्पादन गरेको केन्द्र मानिएकोमा उक्त आरोप समेत गलत रहेको चीनको दाबी रहेको छ ।

हार्वर्ड एक नम्बर विश्व विद्यालय रहेपनि भाइरस प्रति गरेको अनुसन्धानले चीन प्रति षडयन्त्रहरु पलाएको प्रवक्ताले स्वष्ट पारेकी छिन् । चीन प्रति भएरहेका षडयन्त्रको आधारमा आरोप लगाउनु गलत रहेको र यसले मानिस प्रति चीनतर्फ नाकारात्मक असर पर्ने जनाइएको छ । छिट्टै भाइरस बारे सत्यतथ्य अगाडी आउनेमा प्रवक्ताले विश्वास व्यक्त गरेकी छिन् । चीनले गरेका कामले विश्वले सिक्नु पर्ने र चिनियाँ नागरिकले गरेको सहयोगले कोरोना परास्त गर्न सफल रहेको बताएकी छिन् । चीनमाथि लगाइरहेको आरोप सदैव गलत नै पुष्टि भएकोमा विश्वविद्यालयलाई आरोप लगाउनु भन्दापनि सत्यतथ्यको आधारमा अनुसन्धान गर्न प्रवक्ताले सुझाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot