Logo

प्रियंका कार्की भान्सामा व्यस्त



काठमाडौ, २८ जेठ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रीय अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले फाल्गुणमा विवाह गरे । विवाह भएको केही दिनपछि देशभर लकडाउन भयो । त्यसको असर हनिमुन मनाउने क्रममा भएका यो जोडीलाई पर्यो । लकडाउनको कारण आयुष्मान र प्रियंकाले हनिमुनको योजना गर्न पाएनन् ।

लकडाउनले फुर्सद पाएका यो जोडीले धेरै जसो खाना बनाउदै गरेको र कहिले एक अर्कामा माया गरेको तस्वीर सामाजिक संजालमा साझा गर्दै आएका छन् । विभिन्न परिकार बनाउदै गरेको आकर्षक तस्वीरहरु राख्ने क्रममा आज प्रियंकाले पिजा बनाएको तस्वीर राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्