Logo

वर्षा सिवाकोटीको समाजसेवाको भाव



काठमाडौ, २८ जेठ । यसैपनि कलाकारहरु दर्शकको नजरमा हुन्छन् । चलचित्रमा काम गर्दा होस् वा नगर्दा । कुनै न कुनै कुरामा कलाकारहरुलाई मिडियाले पछ्याइरहेका हुन्छन् । लकडाउनले सबै फुर्सदमा भएका बेला कलाकारहरुबीच सामाजिक सेवा गर्ने होडवाजी नै चलेको देखिन्छ ।

नायिका वर्षा सिवाकोटीले लकडाउनमा नै धेरै पटक सामाजिक सेवा गरेकी छिन् । कहिले कुकुरलाई खाना खुवाएर त कहिले समस्यामा परेका मानिसहरुलाई नगदै सहयोग गरेकी छिन् । सामाजिक भावनाले ओतप्रोत भएकी वर्षाले आज लकडाउनको कारण समस्यामा परेका मानिसहरुलाई खाना वितरण गर्दै गरेको भिडियो र तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्