Logo

छोराको हत्या गर्ने बाबु पक्राउ



रुपन्देही, २८ जेठ । कञ्चन गाउँपालिकामा आफ्नै बाबुले छोराको हत्या गरेका छन् । बाबुले बन्चराको प्रयोग गरेर छोराको हत्या गरेका हुन् । रुपन्देही कञ्चन गाउँपालिका १ कुचेरामा काकाको घरमा सुतिरहेको अवस्थामा १६ वर्षिय छोरा सुदिप कुमाललाई बाबु रिम बहादुर कुमालले घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुदिप कुमालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot